Logo
Logo

राज्य व्यवस्था समितिको निर्देशन लत्याउँदै पोखरेललाई एआईजीमा बढुवा


- दृष्टि न्युज/संवाददाता

1.2k
Shares

काठमाडौं, २५ मंसिर।
मन्त्रिपरिषद्को बैठकले विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले बढुवा प्रक्रिया रोक्न बुधबार निर्देशन दिएको थियो ।


संसदीय समितिको निर्देशन लत्याउँदै उनको बढुवा सिफारिस भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो । गत १५ मंसिरमा उनको बढुवा सिफारिस भएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा उनकै लागि दरबन्दी थप गरिएको थियो । १७ महिनापछि आईजिपीमा एक्लो दाबेदारी बनाउन राजनीतिक हस्तक्षेपका आधारमा उनको बढुवा भएको हो । यसको प्रहरीमा दुरगामी रुपमा असर पर्ने प्रहरी अधिकारीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्