काठमाडौं, २५ मंसिर ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले विभिन्न प्रशासनिक निर्णयहरु गरेको छ । बैठकले इन्जिनियरीङतर्फका सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ ।
त्यस्तै सहसचिव दिनेश घिमिरेलाई चीनको छेन्दुमा महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
डिआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । राज्यव्यवस्था समितिको निर्देशनविपरीत उनको बढुवा गरेको हो ।
त्यस्तै सिनियर एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी थप गरेको थियो ।
पोखरेललाई बढुवा गरी कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ।