काठमाडौं, २५ मंसिर ।
मन्त्रिपरिषद्को बैठकले एआईजीको बढुवा गर्दै सरुवा समेत गरेको छ । विश्वराज पोखरेललाई बढुवा गरी कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ।
त्यस्तै सिनियर एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी थप गरेको थियो ।