काठमाडौं, २८ मंसिर।
सत्तारुढ नेकपाको आज बैठकमा एजेन्डामा छलफल नगरी स्थगित हुने भएको छ । पूर्व सांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारीत गरी बैठक स्थगित गर्ने तयारी छ ।
गत २४ मंसिरमा नेता लामाको कोरोनाबाट मृत्यु भएको थियो । उनको मृत्युको शोकमा बैठक स्थगित गर्न लागिएको एक नेताले बताए ।
नेकपामा ओली र प्रचण्ड–माधव नेपाल पक्षबीच फाटो बढ्दै गएको छ ।