काठमाडौं, २८ मंसिर ।
नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । आइतबार पछिल्लो चार महिनायताकै नयाँ सक्रमितको संख्या न्यून रहेको छ ।
पछिल्लो २४ घन्टामा ८ सय ३० जना नयाँ संक्रमित थपिएका हुन् । साउन महिनामा औसतमा दैनिक ७÷८ जना संक्रमित हुने गरेका थिए । जून भदौ, असोज र कात्तिकमा बढेर करिब ६ हजारसम्म पुगेको थियो । दशैंपछि संक्रमितको संख्या निरन्तर घटेको छ ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ भने त्यसमध्ये २ लाख ३५ हजार सात सय ५१ निको भइसकेका छन् । संक्रिय संक्रमितको संख्या पनि घटेर ४५ हजारबाट १० हजार ९ सय ९४ मा झरेको छ । नेपालमा पछिल्लो २४ घन्टामा नौ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्या एक हजार ६ सय ९८ पुगेको छ ।
नेपालमा संक्रमण घटेपनि जोखिम उत्तिकै रहेको चिकित्सकहरुले बताएका छन् । परीक्षण कम भएकाले पनि सक्रमित संख्या घटेको आँकलन गरिएको छ । पछिल्लो २४ घन्टामा पाँच हजारको मात्र परीक्षण भएको छ ।