Logo
Logo

महासंघबाट चण्डी ढकाल ‘आउट’


- दृष्टि न्युज/संवाददाता

4.7k
Shares

काठमाडौं, ३० मंसिर । ‘मैले जुन पीडा भोगेँ, त्यो पीडा कसैले पनि भोग्न नपरोस् । मेरो लडाइँ व्यक्तिसँग होइन, प्रवृत्तिसँग हो । महासंघभित्र कुनै पनि खाले विकृति र विसंगति मेरा लागि सहृय छैन । म कसैप्रति पूर्वाग्रह राख्ने मानिस होइन, तर वरिष्ठ उपाध्यक्ष भइसकेपछि मैले जे जस्तो अपमान र पीडा भोग्नुप¥यो, त्यसको विपक्षमा उभिन बाध्य भए ।’

अब महासंघ गोल्छाको नेतृत्वमा एकमत भएर हिँड्नुको विकल्प छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रत्यक्ष निर्वाचन प्रणालीमा जान सुझाव दिएका छन् । विनोद चौधरीले फुटाएर खोलेको परिसंघलाई पनि महासंघमा ‘मर्ज’ गर्नुपर्ने कुरामा प्रधानमन्त्री ओलीको जोडबल छ । संयोग नै भनौं आजभन्दा ५५ वर्ष अगाडि शेखर गोल्छाका बुबा हुलाशचन्द्र गोल्छाले महासंघको विधान बनाएका थिए । आफ्ना बुबाको सपना साकार पार्ने जिम्मेवारी गोल्छा परिवारबाट शेखर गोल्छाको काँधमा आएको छ ।

यो शब्द नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको हो । शेखर गोल्छालाई विधान बमोजिम अध्यक्ष बन्नबाट रोक्न अनेकौं षड्यन्त्र भए । विधान संशोधन कमिटी गठन भयो । र, अबदेखि विधान संशोधन गरेर प्रत्यक्ष अध्यक्षको निर्वाचन गरिनुपर्छ भनियो । यस्तो कुराले उनको मनमा ठूलो चोट प¥यो । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने निर्णय भएको एक कार्यकाल पनि नबित्दै फेरि विधान संशोधनको कुराले उनलाई महासंघभित्र विद्रोही बन्न बाध्य बनायो र, उनी आफैँसँग वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानलाई बोक्न बाध्य भए । विधान संशोधन भएपछि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र गोल्छा एउटै प्यानलमा थिए । वरिष्ठ उपाध्यक्ष गोल्छा र चन्द्र ढकाललाई मिल्न नदिन र आफ्नो स्वार्थपूर्ति गर्ने तत्व महासंघमा हाबी भएकोले वरिष्ठ उपाध्यक्षमै भीडन्तको स्थिति आयो । जुन कुरा विधानको मर्मविपरीत थियो । महासंघको इतिहासमा पहिलोपटक विधान संशोधन गर्नुको मर्म र धर्म महासंघलाई एकताबद्ध बनाएर लैजाने सोच थियो । गुट, फुट र पूर्वाग्रहबाट महासंघलाई जोगाउन विधान संशोधन जसले गर्नुपर्छ भन्यो, तिनै व्यक्ति फेरि संशोधित विधानको विपरीत उभियो । यसमा व्यक्तिगत स्वार्थ थियो । एक आपसमा भिडाएर आफ्नो स्वार्थपूर्ति गर्ने तत्व यसपटक पराजय भयो । अब त्यस्ता तत्वलाई शिर उठाउन नदिन महासंघमा बलियो र सुदृढ एकताको खाँचो छ ।

अध्यक्ष गोल्छा भन्छन्, ‘अब त्यस्तो हुँदैन । महासंघ पारदर्शी ढंगबाट योजनावद्धरुपमा अगाडि बढ्छ । मैले भोगेको पीडा म पछाडि कसैले भोग्न नपरोस् भनेरै सम्पूर्ण पूर्वअध्यक्षहरुसँग सल्लाह गरेर चन्द्र ढकालपछि मात्र प्रत्यक्ष अध्यक्षको निर्वाचन गर्ने सोचमा म छु ।’ अध्यक्ष गोल्छाले विशेष साधारणसभा बोलाएर विधान संशोधनको तयारी गर्ने भएका छन् । अब महासंघको विधान संशोधन भएपछि चन्द्र ढकालको कार्यकालपछि मात्र अध्यक्ष पदको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । तर, अहिलेका वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष बन्नेछन् । त्यसपछि मात्र उक्त विधान लागू हुनेछ ।

अध्यक्ष गोल्छालाई पूर्वअध्यक्ष चण्डीराज ढकालबाहेक पूर्वअध्यक्षहरुको समर्थन छ । महासंघको विशिष्ट सदस्य पदमा चण्डी ढकाललाई हटाएर पशुपति मुरारकालाई मनोनयन गरिएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानलाई मानार्थ सदस्यमा मनोनयन गरिएको छ । विगतमा ढकालले विशिष्ट सदस्य पदको दुरुपयोग गरेर महासंघभित्र चरम द्वन्द्व निम्त्याएका थिए । गोल्छाको नेतृत्वसँगै ढकालको अस्तित्व समाप्त भएको छ । यस कुरालाई महासंघका सदस्यहरुले सकारात्मक रुपमा लिएका छन् । अब महासंघ गोल्छाको नेतृत्वमा एकमत भएर हिँड्नुको विकल्प छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रत्यक्ष निर्वाचन प्रणालीमा जान सुझाव दिएका छन् । विनोद चौधरीले फुटाएर खोलेको परिसंघलाई पनि महासंघमा ‘मर्ज’ गर्नुपर्ने कुरामा प्रधानमन्त्री ओलीको जोडबल छ । संयोग नै भनौं आजभन्दा ५५ वर्ष अगाडि शेखर गोल्छाका बुबा हुलाशचन्द्र गोल्छाले महासंघको विधान बनाएका थिए । आफ्ना बुबाको सपना साकार पार्ने जिम्मेवारी गोल्छा परिवारबाट शेखर गोल्छाको काँधमा आएको छ ।

दाबी हावा खायो

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकालको जित सुनिश्चित थियो । जिल्ला नगरबाट १८ केन्द्रीय सदस्यमा किशोर प्रधान प्यानलका ११ जना विजयी भए भने ढकाल समूहबाट ७ जना मात्रै । चन्द्र ढकालका अघोषित चुनावी कमाण्डर पूर्वअध्यक्ष चण्डीराज ढकालले जिल्ला नगर आफ्नो पकडमा रहेको दाबी गरिरहँदा ढकाल प्यानलका गुणनिधि तिवारी पत्तासाफ भए । उनको ठाउँमा दिनेश श्रेष्ठ विजयी भए । ढकाल समूहले जिल्ला नगरमा ७० प्रतिशत दावा गरेका थिए । तर उनले ४७ मत मात्र पाए । यसबाट पनि पूर्वअध्यक्ष चण्डी ढकालको दाबी हावादारी थियो भन्ने बुझिन्छ । त्यस्तै वस्तुगतमा पनि ५० प्रतिशतभन्दा बढी दावा ढकाल समूहले गरेका थिए । वस्तुगतबाट ढकालका उम्मेदवार उमेशलाल श्रेष्ठले ३७ मत मात्र प्राप्त गरे भने, प्रधान समूहका अञ्जन श्रेष्ठले ६२ मत ल्याए । महासंघको निर्वाचन परिणाम हेर्दा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालबाहेक उनका प्यानलबाट उठेका सबै कमजोर देखिए । अर्थात्, चण्डी ढकालको तथ्यांकले यसपटक हावा खायो ।

प्रतिक्रिया दिनुहोस्