Logo
Logo

‘पंखाको हावा’


- शम्भु श्रेष्ठ

1.7k
Shares

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान पक्कै पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर बनाइएको त होइन होला, तर उनको व्यवहार हेर्दा यो उखान सान्दर्भिक देखिन्छ । आफ्नै पार्टीभित्र आगो सल्काएर देशभरि फैलन लागेको आगो निभाउन उनले गत मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाए । त्यही बालुवाटारमा बस्ने सचिवालय र स्थायी कमिटी बैठकमा बस्न फुर्सद नहुने प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा घण्टौँ बिताए । बैठकको एजेण्डा जे जस्तो भए पनि देशभर फैलिएको ‘राजा आऊ देश बचाऊ’ को जुलुसदेखि आत्तिएर ओलीले उक्त बैठक डाकेको स्पष्ट छ । बैठकमा ओलीले ‘जनताको बलिदानबाट निर्मित संविधान र संविधानमा उल्लेखित उपलब्धि जोगाउन’ बैठक बस्नुपरेको जानकारी गराएका थिए । लोकतन्त्रका लागि चौध वर्ष जेल जीवन बिताएका, भारतले लगाएको नाकाबन्दीसँग जुधेर नयाँ संविधान निर्माण गरेका र गत आम निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएका प्रधानमन्त्री ओली पंखाको हावासँग किन आत्तिदैछन् भन्ने कुरा भित्र धेरै रहस्यहरु हुनुपर्छ ।

शम्भु श्रेष्ठ

अहिले सत्तारुढ नेकपाभित्र ओली निरंकुश बन्दै गएकोले उनलाई विधि, पद्धतिसम्मत ढंगले हिँडाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको गठबन्धन बनेको हो । आफूलाई जीवनभर कम्युनिष्ट पार्टीको नेता भन्ने, अनि प्रधानमन्त्रीको कुर्चीमा पुगेपछि ‘मै पार्टी, मै सरकार’ भन्ने प्रवृत्तिको विरोध हो यो । दुईतिहाइ मत ओलीले होइन, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले ल्याएको हो । यो यथार्थ धरातललाई बिर्सन खोज्दा जनताले दण्डित गर्छन् भन्ने कुरालाई पनि हेक्का राख्न सक्नुपर्दछ ।

नेपाली जनताले राजनीतिक स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुईतिहाइ मत दिएका हुन् । जनताले जुन आशा र भरोसाका लागि मत दिएका थिए, त्यो पूरा हुन नसक्दाको परिणाम हो यो आन्दोलन । आन्दोलन रहर होइन, बाध्यता हो भन्ने कुरा स्वयं जीवनभर आन्दोलन गरेका ओलीले समयमै बुझ्न नसक्दा उनको कुर्ची मात्र हल्लिएको छैन, उनी आफैँले पार्टीभित्र सल्काएको आगोले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा उनले आकलन गर्न सकेका छैनन् । भूपि शेरचनले त्यत्तिकै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भनेर कविता रचना गरेका होइनन्, शासकहरुको मनोविज्ञान कस्तो हुन्छ भनेर कवितामा पोखेका हुन् । व्यवस्था मात्र लोकतान्त्रिक भएर हुँदैन । देश हाँक्ने शासकहरुमा पनि लोकतान्त्रिक चरित्र र व्यवहार हुनुपर्छ । अनि मात्र जनताको मन जित्न सकिन्छ । लोकतान्त्रिक प्रणालीको कुर्चीमा बसेर निरंकुश व्यवहार गर्न थालियो भने, त्यही व्यवहारले शासन पद्धतिमाथि नै संकट आइपर्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ ।

अहिले सत्तारुढ नेकपाभित्र ओली निरंकुश बन्दै गएकोले उनलाई विधि, पद्धतिसम्मत ढंगले हिँडाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको गठबन्धन बनेको हो । आफूलाई जीवनभर कम्युनिष्ट पार्टीको नेता भन्ने, अनि प्रधानमन्त्रीको कुर्चीमा पुगेपछि ‘मै पार्टी, मै सरकार’ भन्ने प्रवृत्तिको विरोध हो यो । दुईतिहाइ मत ओलीले होइन, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले ल्याएको हो । यो यथार्थ धरातललाई बिर्सन खोज्दा जनताले दण्डित गर्छन् भन्ने कुरालाई पनि हेक्का राख्न सक्नुपर्दछ ।

पुष्पलालले ७० वर्ष अगाडि स्थापना गरेको पार्टी आज दुईतिहाइ बहुमतसहितको सरकारमा छ । त्यो सरकारले जनताको पक्षमा काम गर्न सकेन भने सोभियत संघकै परिणाम पनि भोग्न नपर्ला भन्न सकिन्न । किनभने, लेनिनले क्रान्तिबाट स्थापित गरेको रुस पनि ७० वर्षपछि ढलेको इतिहास छ । त्यो पनि कुनै साम्राज्यवादीसँगको लडाइँले ढलेको होइन, कम्युनिष्ट पार्टीका नेता गोर्वाचोभको कारण ढल्न पुगेको हो । सोभियत संघको पतनपछि गोर्वाचोभले भनेका थिए– ‘देश मक्की सकेको रहेछ, बनाउन खोज्दा ढल्यो ।’ कतै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि यस्तै भन्नुपर्ने दिन नआओस् ।

प्रतिक्रिया दिनुहोस्