काठमाडौं, ३० मंसिर ।
नेकपाको विवाद संवैधानिक परिषद्मा समेत देखिएको छ । मंगलबार बस्न लागेको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नहुने भएका छन् ।
ओलीले प्रचण्ड र माधव नेपाल पक्षसँग सल्लाह नै नगरी संवैधानिक परिषद्मा नियुक्ति गर्न लागेपछि सभामुख सापकोटा नजाने भएका हुन् । यद्यपी ओलीले पेलेरै बहुमतका आधारमा निर्णय गर्न सक्ने सम्भावना छ । यसका लागि उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको साथ चाहिन्छ । परिषद्मा राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायधीश पनि सदस्य हुन्छन् ।
पार्टीभित्र विवाद चर्किएका बेला ओलीले देउवासँग मिलेर संवैधानिक आयोगहरुमा नियुक्ति गर्न लागेका थिए । ४५ वटा संवैधानिक पद रिक्त छन् ।