काठमाडौं, ३० मंसिर ।
सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गरेको भोलिपल्ट कांंग्रेस सभापति शेरबहादुर देउवा विभिन्न निकायमा नियुक्तिको भागबन्डा खोज्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै संवैधानिक पदमा कांगेसको कोटाबाट नियुक्ति दिने आश्वासनपछि उनी बालुवाटार पुगेका हुन् ।
संवैधानिक निकायहरुमा नियुक्तिका लागि ओलीले बोलाएको बैठकका लागि उनी बालुवाटार गएका हुन् । यसले कांग्रैसको सत्तालिप्सा प्रष्ट भएको छ ।
यद्यपी सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएकाले गणपुरक संख्या नपुगेपछि मंगलबारको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
अख्तियार, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत सबै आयोगमा कांग्रेसलाई कोटा दिने ओलीको तयारी छ । यस्तै भागबन्डाका कारण संवैधानिक आयोगहरु निकम्मा हुँदै गएका छन् ।