Logo
Logo

ओलीलाई अर्काे उल्झनः संवैधानिक परिषदको बैठकमा देउवा नजाने


- दृष्टि न्युज/संवाददाता

1.1k
Shares

काठमाडौं, ३० मंसिर ।
आज साँझ बस्न लागेको संवैधानिक परिषद्को बैठका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । संवैधानिक परिषद्सम्बन्धि ऐन अध्यादेशमार्फत संशोधन गरेपछि देउवा नजाने भएका हुन् ।


अध्यादेश ल्याउनु गलत भएकाले देउवा नजाने कांग्रेस नेता रमेश लेखकले बताए । मंगलबार बिहान बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् । त्यसपछि मन्त्रिपरिषद्को बैठकले चार जनाले पनि नियुक्तिको निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो ।
देउवा समेत बिच्किएपछि आजै अख्तियार लगायत निकायमा नियुक्ति गर्ने ओलीको योजनामा धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्