काठमाडौं, ३० मंसिर ।
संवैधानिक परिषद्को बैठक सकिएको छ । बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
परिषद्को बैठकले के के निर्णय गर्याे भन्ने बताइएको छैन । संवैधानिक परिषद ऐन अध्यादेशमार्फत संशोधन गरी बैठक बोलाइएको हो । तीन जनाले पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याइएको थियो ।