Logo
Logo

एनआईबिएल एस. क्यापिटलबाट निःशुल्क डिम्याट खाता र मेरो शेयर दर्ता


- दृष्टि न्युज/संवाददाता

882
Shares

काठमाडौं, १ पुस । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस. क्यापिटल लिमिटेडमा निःशुल्क डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने भएको छ । क्यापिटलले १ पुसदेखि लागू हुनेगरी निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता सुरु गरेको हो ।
सीमित अवधिका लागि यो योजना ल्याइएको बताइएको छ । बुधबारबाटै एनआईबिएल एस. क्यापिटल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरु र नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभरका कुनै पनि शाखा कार्यालयमा निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने बैंकले जनाएको छ । यसका अतिरिक्त एनआईबिएल एस. क्यापिटल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्