Logo
Logo

साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश पारित


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १ पुस । साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको ५३औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
साथै ५३औँ वार्षिक प्रतिवेदन, २०७६ साल असार मसान्तसम्मको कर्पोरेसनको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेसनले गरेको विभिन्न क्रियाकलापबारे समीक्षा गरी वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । कर्पोरेसनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरूको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको जनाएको छ । जसबाट आव ०७५ र ०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।
कर्पोरेसनले अँगालेको व्यापार विविधीकरणको नीतिअनुरूप कर्पोरेसनको चुक्ता पुँजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्