काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ६९औँ शाखाका रूपमा मंगलबजारको शाखा सञ्चालनमा ल्याएको हो ।
हाल २८ जिल्लामा शाखा सञ्जाल पुगेको विकास बैंकले जनाएको छ । विकास बैंकले सम्पूर्ण शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, एटिएम, लकरलगायतका बैंकिङ सेवा उपलब्ध गराएको जनाएको छ ।
आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै करिब २ लाख ६४ हजार ग्राहकलाई सरल तथा सुरक्षित बैंकिङ सेवा प्रदान गरेको बैंकले जनाएको छ । आगामी दिनमा समेत थप शाखा कार्यालयहरूमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा पु¥याउने लक्ष्य लिएको जनाइएको छ ।