काठमाडौं, २ पुस ।
बुधबार भएको सहमति लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आज साँझ ५ बजेका लागि बैठक बोलाउन लागिएको छ ।
बुधबारको बैठकमा उनी अध्यादेश फिर्ता लिने बताएका थिए । तर, अध्यादेश फिर्ता नलिई त्यसको आधारमा आज एकलौटी रुपमा अख्तियार लगायत निकायमा नियुक्ति गर्ने उनको तयारी छ ।
बुधबार ओली–प्रचण्ड भेटमा उनले अध्यादेश फिर्ता लिने बताएका थिए । तर, स्थायी कमिटी बैठकमका अध्यादेशबारे केही बताएका थिए । उनले प्रचण्डलाई मात्र झुक्याएको अहिले खुलेको छ। यसले ओली जसरी पनि पेलेरै जाने पक्षमा रहरेको देखिएको छ ।