Logo
Logo

उपत्यकामा जोर बिजोर हट्यो, रात्रीकालिन व्यवसाय खुले


- दृष्टि न्युज/संवाददाता

819
Shares

काठमाडौं, २ पुस ।

कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा लागू गरिएको नियन्त्रण खुकुलो हुँदै गएको छ । सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हटाउने निर्णय भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

साँझको समयमा सार्वजनिक सवारी साधनमा धेरै भिड भएपछि जोर–बिजोर हटाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । यातायात व्यवसायीले पनि जोर–बिजोर हटाउन माग गर्दै आएका थिए । लकडाउन खुकुलो गरेर उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो ।


साथै रात्रीकालिन व्यवसाय पनि सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छ । भिड नहुने गरी डिस्को, क्लब तथा डान्सबारहरु सञ्चालन हुन थालेका छन् । यसमा प्रशासनले पनि सहमति दिएको छ । फिल्म हल भने अझै सञ्चालन गर्न दिइएको छैन । पर्यटन मन्त्रालयको कार्यविधिका आधारमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न दिइएको सिडिओ पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्