काठमाडौं, ४ पुस ।
आफ्नै घमन्डी कार्यशैलीले संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएका छन् । अर्का अध्यक्ष प्रचण्डलाई भेट्न उनी अब खुमलटार धाउन तयार भएका छन् ।
शनिबार दिउँसो १० बजे उनी खुमलटार जाने तयारी छ । ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि भेट भएको थियो । शनिबार बोलाउँदा प्रचण्ड नआउने बताएपछि ओली आफैं जान लागेको स्रोत बताउँछ ।
खुमलटार गएर ओलीले नयाँ प्रस्ताव राख्न लागेको आँकलन गरिएको छ ।