Logo
Logo

प्रचण्ड रिसाएपछि फकाउन खुमलटार पुगे ओली


- दृष्टि न्युज/संवाददाता

1k
Shares

काठमाडौं, ४ पुस ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली आफैं खुमलटार पुगेका हुन् ।


शुक्रबार साँझ बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । जसमा प्रचण्ड रिसाएपछि फकाउन ओली आफैं खुमलटार पुगेका हुन् । प्रचण्डले सबै कुराहरु पार्टीको बैठकमा राखौं, दुई अध्यक्षबीच मात्र छलफल नगरौं भनेका थिए । बालुवाटार जान प्रचण्डले अनिच्छा देखाएपछि ओली आफु निकट नेताहरु लिएर खुमलटार पुगेका हुन् ।

बैठकमा नेता वामदेव गौतम समेत उपस्थित भएकाले कुनै गोप्य सहमति हुन लागेको आँकलन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्