Logo
Logo

प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु बैठकमा, मन्त्रीहरुको राजिनामा तयारी ?


- दृष्टि न्युज/संवाददाता

3.8k
Shares

काठमाडौं, ५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनपेक्षित रुपमा संसद बिघटनको सिफारिस गरेपछि प्रचण्ड र माधव पक्षका नेताहरु छलफलमा जुटेका छन् । प्रचण्ड निवास खुमलटारमा छलफल सुरु भएको छ ।


बैठकमा प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
संसद बिघटन भएमा कसरी अघि बढ्ने भन्नेमा उनीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार राष्ट्रपतिबाट बिघटनको घोषणा भएमा प्रचण्ड र नेपालले आफु निकट मन्त्रीहरुलाई राजिनामा गराउने तयारीमा छन् ।

संसद बिघटन गरेर ओलीले बैशाखमा मध्यावधि निर्वाचन घोषणाको तयारी गरेका छन् ।

अपडेटः
सो छलफलमा केही मन्त्रीहरु समेत थिए । छलफल सकाएर प्रचण्डले ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । ओलीसँग सबै वास्तविकता बुझेर निर्णय गर्ने सो समुहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्