Logo
Logo

बादललाई राजिनामा दिन निकट नेताहरुको सुझाव


- दृष्टि न्युज/संवाददाता

1.3k
Shares

काठमाडौं, ६ पुस ।
गृहमन्त्री रामबहादुर थापा बादललाई राजिनामा दिन उनी निकट नेताहरुले सुझाव दिएका छन् । मन्त्री बादलको निवासमा भएको छलफलमा नेताहरुले ओलीको संसद बिघटनको कदम गलत भएको र त्यसविरुद्ध उभिनुपर्नेमा जोड दिएका थिए ।


नेताहरुले बादललाई मन्त्री पदबाट राजिनामा दिन समेत सुझाएको स्रोत बताउँछ । भेलामा पम्फा भुषाल र देव गुरुङ लगायत सहभागी थिए । ओलीको कदमलाई जनताले समेत साथ नदिने भएकाले आगामी चुनावलाई समेत लक्षित गरी राजिनामा दिएर विरोधमा उत्रनुपर्ने बादल निकट नेताहरुको निष्कर्ष छ । बादल ओली कित्तामा उभिएको बताएपनि उनी द्विविधामा रहेको स्रोत बताउँछ ।

बादल भने थप परामर्श गरेर निर्णय लिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्