Logo
Logo

नेशनल लाइफको सिइओमा सुरेश खत्री


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय जिम्मेवारी सुरेशकुमार खत्रीलाई दिइएको छ । यसअघिका प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि पुस ५ गतेबाट सकिएपछि खत्रीलाई निमित्त सिइओको जिम्मेवारी दिइएको हो ।

सो कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको छ । इन्स्योरेन्स क्षेत्रमा लामो अनुभव र गहन ज्ञान भएका खत्रीलाई नै सिइओ बनाउने कम्पनीको तयारी छ ।

नेशनल लाइफ नेपालको पुरानो इन्स्यारेन्स कम्पनी हो । जुन सन् १०८८ मा स्थापना भएको थियो । कम्पनीले बीमाकर्ताहरुलाई उच्च बोनससमेत खुवाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्