Logo
Logo

संसद् विघटन र ‘ब्ल्याक बक्स’


- शम्भु श्रेष्ठ

1.7k
Shares

‘विनासकाले विपरीत बुद्धि’ भनेझैँ संसद्मा करिब दुईतिहाइ बहुमत प्राप्त दलका शक्तिशाली अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गर्ने जुन निर्णय लिए, अन्ततः त्यो उनी आफैँका लागि आत्मघाती कदम सावित हुनेछ । एकमुठ्ठी खरानीका लागि उनले आफ्नै घरमा आगो लगाउने जुन काम गरेका छन्, त्यसलाई नेपाली जनताले कुनै हालतमा पनि माफ गर्ने छैनन् । उनको यस्तो चरित्र र व्यवहारले उनी निरंकुश, तानाशाही र लोकतन्त्रविरोधी हुन् भन्ने कुरा प्रमाणित गरेको छ । त्यस्ता लोकतन्त्रविरोधी तत्वलाई गफको भरमा नेपाली जनताले पत्याएको परिणाम अहिले देखिँदैछ । माओवादी केन्द्रसँग पार्टी एकता गर्दा उनले जहाजको दुई पाइलट भनेर संकेत गरेका थिए । उनी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उडाएको जहाजमा सिंगो नेपाली जनता ‘अनवोर्ड’ थिए । जहाजमा सवार यात्रुहरुमा अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख हुनेछ, आर्थिक विकासले फड्को मार्नेछ र देश ‘सुखी नेपाली, समृद्ध नेपाल’तर्फ उन्मुख हुनेछ भन्ने आशा जागेको थियो । तर, ‘ककपिट’मा रहेका क्याप्टेनले गन्तव्यमा नपुग्दै जहाज दुर्घटनाग्रस्त बनाइदिए । जसबाट सिंगो नेपाली जनता शोकाकूल बन्न पुगेका छन् । जननेता मदन भण्डारीको हत्यापछि आर्यघाटमा भेला भएका लाखौं जनताले जसरी शोकलाई शक्तिमा बदल्ने प्रण गरेका थिए, अब त्यसैगरी नेपाली जनताले लोकतन्त्र रक्षाका लागि मुठ्ठी उठाउनुुपर्ने दिन आएको छ ।

शम्भु श्रेष्ठ

त्यतिबेलासम्म मुलुकको राजनीतिले कता कोल्टो फेर्छ भन्ने कुरा ओलीलाई थाहा नभए पनि जसले संसद् भंग गर्ने रणनीति बनाए, त्यसलाई अवश्य थाहा छ । यही कुरा बुझेर उनले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारको एउटा कार्यक्रममा ‘आफूलाई भारतीयहरुले हटाउन खोजेको कुरा बोलेका थिए ।’ त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको बालुवाटार प्रवेश भएको थियो ।

प्रधानमन्त्री ओली स्वयंले कहिलेकाहीँ भन्ने गर्थे– ‘अभागीलाई खाने बेलामा रिस उठ्छ ।’ यो उनको भनाइलाई अहिले उनी आफैँले चरितार्थ पारिरहेका छन् । माओवादीसँग पार्टी एकता गरेपछि नेपाली जनताले दुईतिहाइ मत दिएकै थिए । राजनीतिक स्थिरताका लागि प्रचण्ड पाँचै वर्ष ओलीको नेतृत्वमा सरकार चलाउन सहमत भएकै थिए । मन्त्रिमण्डल पुनर्गठनदेखि राजनीतिक नियुक्ति एकलौटी गरेकै थिए । त्यतिले नपुगेर ओलीको हृदयमा बस्नेहरुलाई राजदूत नियुक्ति गर्दा पनि किन यस्तो गरिस् भनेर कसैले सोधका थिएनन् । प्रमुख प्रतिपक्ष दल कुम्भकर्ण निद्रामै थियो । ओली प्रधानमन्त्री भइसकेपछि आजसम्म ओलीले आफूलाई जे मन लाग्यो, त्यो गर्दै आएको रमिता त सबैले देखेकै भोगेकै कुरा हो । फेरि उनलाई किन रिस उठ्यो र उनी आफ्नो टाउको आफैँले भित्तामा ठोकिरहेका छन् भन्ने कुरा बुझ्न सकिएन । ओली ‘असनको साँढे’जस्तो बन्न खोजेपछि पार्टीभित्रका शीर्षनेताहरु झस्किन थालेका हुन् । पार्टी उनी एक्लैले बनाएको संगठन होइन, लाखौँ जनताको बलिदानीबाट स्थापित पार्टी हो । यसलाई विकृति र विसंगतिबाट जोगाउन शीर्षनेताहरुले उनलाई सचिवालय र स्थायी कमिटीको बैठकबाट घच्घच्याउन मात्र खोजेका हुन् । तर, उनी बिर्तामोडदेखि इटहरीसम्मको सार्वजनिक बसमा उभिएर यात्रा गर्ने बूढो यात्रुजस्तो बने । ‘मै पार्टी हुँ, मै सरकार’ जुन अहं उनमा पलायो, त्यो त्यही बूढो यात्रुको मनोविज्ञान हो । जनकपुर महाधिवेशनमा माधव नेपाललाई व्यंग्य गर्दै ओलीले एउटा कथा सुनाएका थिए– ‘बिर्तामोड बस स्टपदेखि इटहरीका लागि छुटेको एउटा बसमा यात्रुहरु खचाखच थिए । सिट खाली थिएन । तै पनि चाँडो पुग्नुप¥यो भनेर एउटा बूढो यात्रु झुण्डिएरै यात्रा गरे । बिर्तामोडदेखि इटहरीसम्म बस कहिले दायाँ ढल्कन्थ्यो त कहिले बायाँ । त्यो बूढोलाई लाग्यो मैले ‘ब्यालेन्स’ गरिनँ भने बस बीचबाटोमै ढल्छ । त्यसैले इटहरी नपुग्दासम्म बसलाई मैले ढल्न दिइनँ ।’ ओली पनि यही भ्रममा छन् । त्यतिबेला उनी बसका यात्रु थिए, अहिले जहाजको पाइलट । तिनै पाइलटले अर्को ‘पाइलट’लाई पत्तै नदिई जहाज दुर्घटनाग्रस्त बनाए । दुर्घटनाको वास्तविकता ‘ब्ल्याक बक्स’पत्ता लागेपछि अवश्य थाहा हुनेछ ।

तर, त्यतिबेलासम्म मुलुकको राजनीतिले कता कोल्टो फेर्छ भन्ने कुरा ओलीलाई थाहा नभए पनि जसले संसद् भंग गर्ने रणनीति बनाए, त्यसलाई अवश्य थाहा छ । यही कुरा बुझेर उनले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारको एउटा कार्यक्रममा ‘आफूलाई भारतीयहरुले हटाउन खोजेको कुरा बोलेका थिए ।’ त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको बालुवाटार प्रवेश भएको थियो । संसद् विघटन र अबको राजनीतिक यात्रा त्यसैको सेरोफेरोमा घुम्ने अड्कल काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्