Logo
Logo

प्रहरीमा बढुवा अनिश्चित


- दृष्टि न्युज/संवाददाता

7.6k
Shares

काठमाडौं, ७ पुस । अप्रत्याशित रुपमा अघि बढेको देशको राजनीतिक अवस्थाको असर सबैतिर पर्ने नै भयो । सुरक्षा निकाय पनि त्यसबाट अछुतो हुने अवस्था छैन ।

तर, पछिल्लो अवस्थाले प्रहरीका नियमित प्रशासनिक काम समेत अवरुद्ध हुने देखिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा उच्च पदहरु रिक्त भएपनि बढुवा प्रक्रिया अवरुद्ध हुन पुगेको छ । यसका दुई कारण छन् । पहिलो बढुवा समितिका अध्यक्ष हुने गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना संक्रमण भएको छ । दोस्रो आइतबार अप्रत्याशित रुपमा भएको संसद बिघटनपछिको राजनीतिक उतारचढाव ।

संसद बिघटन भएपछि गृहमन्त्री रामबहादुर थापा बादलकै पद धरापमा परेका छन् । उनले राजिनामा दिएका छैनन् । तर, निकट नेताहरुले राजिनामा दिन चेतावनी दिइसकेका छन् । ओलीले अब मन्त्रिमण्डल पुनर्गठनको तयारी गरको छन् । त्यसकारण नयाँ गृहमन्त्री आएपछि मात्र एसएसपी बढुवा हुने देखिन्छ ।

नेपाल प्रहरीमा डिआईजीका नौ दरबन्दी रिक्त छन् । जसमा सिनियर ब्याचकै २२ जना एसएसपी प्रतिस्पर्धामा छन् । जुनियर ब्याचबाट सन्दीप भण्डारी, दीपक थापा, टेकप्रसाद राई, भिम ढकाल लगायत बढुवा हुन दौडधुपमा लागेका छन् ।

सशस्त्र प्रहरीमा पनि अहिले बढुवा हुनेहरु भावी आईजिपीको दाबेदार हुने भएकाले तिव्र प्रतिस्पर्धा छ । जसमा अभि खत्री, गणेश ठाडा मगर, कमल गिरीबीच तिव्र प्रतिस्पर्धा छ । सशस्त्र प्रहरीका डिआईजीका पाँच पद रिक्त छन् ।

एआईजी नारायणबाबु थापाले पनि यही महिना अवकाश पाउँदैछन् । उनको अवकाशसँगै एआईजी पद खारेज हुनेछ । तर, केही डिआईजीहरु भने सो एआइजी पद कायमै राखेर त्यसमा बढुवा हुन पनि लबिङमा लागेका छन् । नेपाल प्रहरीमा जस्तै एकल रुपमा एआईजीमा बढुवा भएर आईजिपीको एकल दाबेदार हुने चलखेलमा केही डिआईजीहरु लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्