Logo
Logo

बालुवाटारमा ओली पक्षीय केन्द्रीय सदस्यको सूचि बन्दै, २२१ पुर्याउने तयारी


- दृष्टि न्युज/संवाददाता

2.3k
Shares

काठमाडौं, ७ पुस।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठक बालुवाटारमा जारी छ । बैठकमा केही पूर्व माओवादी नेताहरु समेत सहभागी छन् । टोपबहादुर रायमाझि, लेखराज भट्ट र मणि थापा सो बैठकमा छलफलमा छन् ।

बैठकमा रामबहादुर थापा बादल र बामदेव गौतम सहभागी छैनन् ।

नेकपामा आफ्नो आधिकारीता देखाउन सो बैठकमा केन्द्रीय सदस्यकाृ सूची बन्दैछ । नेकपा नै दाबी गर्न ४४१ सदस्यीय केन्द्रीय कमिटीमा कम्तीमा दुई सय २१ जना चाहिन्छ । जून ओली पक्षका लागि गाह्रो छ । राजनीतिक दलसम्बन्धि ऐनअनुसार केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउन सके भने पार्टी फुटाउन मिल्छ । अझ संसद नभएको अवस्थामा के गर्ने भन्ने प्रष्ट छैन । जसकारण नेकपाको विवादको फैसला अब निर्वाचन आयोगमा हुने भएको छ ।

साथै प्रचण्ड र माधव नेपाल पक्षले पनि आजै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

बहुमत पुर्याउन ओलीले एकलौटी रुपमा केन्द्रीय सदस्य थप्ने तयारी समेत गरेको उनी निकट स्रोत बताउँछ । निर्वाचत आयोग र अदालत आफ्नो हातमा भएकाले जसरी पनि पार्टी कब्जा गर्ने रणनीतिमा उनी लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्