काठमाडौं, ७ पुस ।
नेकपामा वारपारको अवस्था आएपनि नेताहरु वामदेव गौतम र रामबहादुर थापा बादल भने कतै लागेका छैनन् । बादललाई फकाउन प्रचण्ड उनको निवास गएपनि उनले निर्णय दिएका छैनन् ।
नेकपामा ओली तथा प्रचण्ड–माधव नेपाल दुवै पक्ष बहुमत जुटाउने प्रयासमा छ । त्यसका लागि बादल समूह भए प्रचण्ड समूहलाई पर्याप्त हुन्छ ।
बादलले मन्त्री पदबाट पनि राजिनामा दिएका छैनन् । उनी निकट नेताहरुले पनि प्रधानमन्त्रीले गैरसंवैधानिक कदम चालेकालाई उनलाई साथ नदिन सुझाव दिएका छन् ।