काठमाडौैं, ७ पुस ।
फुटको दिशामा अघि बढेको सत्तारुढ नेकपामा शक्तिसंघर्ष यसरी चर्किएको छ कि धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा ताला लागेको छ । प्रचण्ड र माधव नेपाल पक्षले पार्टी कार्यालयमै बैठक बस्ने तयारी गरेपछि ओली पक्षले ताला लगाएको हो ।
त्यसपछि प्रचण्ड र माधव नेपालले पार्टी प्यालेसमा बैठक बस्ने तयारी गरेका छन् । थापाथलीस्थित कार्की बैंकेटमा बैठकको तयारी गरिएको छ । १ बजेबाट बैठक सुरु हुने छ । बैठकले ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाहीको तयारी गरेको छ ।
ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठक पनि बालुवाटारमा बसिरहेको छ ।