काठमाडौं, ७ पुस ।
प्रचण्ड र माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले केपी ओलीलाई कारबाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने बैठकले यस्तो निर्णय गर्ने एक नेताले बताए । थापाथलीको कार्की बैंकेटमा केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।
उता बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले हालको केन्द्रीय कमिटील ५५६ केन्द्रीय सदस्य थपेर ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीमा आफ्नो बहुमत दाबी गर्न ओली पक्षले यस्तो निर्णय गरेका हुन् । हालको केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्न पनि सफल नहुने देखेपछि ओलीले यस्तो निर्णय गरेका हुन् ।