Logo
Logo

बालुवाटरमा ५५६ नयाँ केन्द्रीय सदस्यको सपथ


- दृष्टि न्युज/संवाददाता

819
Shares

काठमाडौं, ७ पुस ।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा ५५६ जना केन्द्रीय सदस्य थपेका छन् । उनीहरुलाई मंगलबार बालुवाटारमा सपथ खुवाइएको छ ।


अल्पमतमा परेपछि ओलीले एकलौटी रुपमा केन्द्रीय समिति सदस्य थपेका हुन् । उनी निकट केन्द्रीय सदस्यहरुको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठनको निर्णय गरेको छ । हालको ४४६ सदस्यमा ५५६ थप गरिएको र थप थप्ने तयारी भइरहेको छ ।
उता प्रचण्ड र माधव नेपाल पक्षको बैठक पनि बसिरहेको छ । सो बैठकले ओलीलाई कारबाही गरी माधव नेपाललाई नेकपाको अध्यक्ष बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्