काठमाडौं, ८ पुस ।
युवतीको प्रयोग गरी काठमाडौंमा फिल्मी शैलीमा डकैती भएको छ ।
गत ८ साउनमा सिन्धुली कमलामाई न.पा. वडा नं २ बस्ने भोला बहादुर जर्घामगरलाई रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकोमा निजलाई लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभार सम्म पुर्याउन अनुरोध गर्दा स्वीकार गरी चोभारमा पुर्याउदा त्याँहा पहिले देखि नै बसेका अपरिचित ब्यक्तीहरुले रडको प्रयोग गरी नियन्त्रणमा लिएको र साथमा भएको ६ तोला सुनको सिक्री १ थान,मोवाईल २ थान,रेबन चस्मा १ थान र नगद रु. ७,०००र( समेत गरि अन्दाजि रु ६,३५,०००र( ( छ लाख पैतिस हजार)बराबरको धनमाल लुटपाट भएको थियो । सो घटनाका योजनाकार सागर भन्ने लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरि आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको ।
प्रारम्भिक अनुसन्धानको क्रममा निज सागर भन्ने लालबहादुर श्रेष्ठ समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने बुझिन आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भई रहेको महााशाखाले जनाएको छ ।