काठमाडौं, ९ पुस ।
प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न परिचालन समिति गठन गरेको छ । बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले आन्दोलनको कार्यनीति पारित गरी नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।
आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचविालय गठन गर्न लागिएको छ । प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने र प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको छ ।
पार्टीको बैठकले नेताहरुको थप जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावना छ । महासचिवमा सुरेन्द्र पाण्डेलाई दिनसक्ने सम्भावना भएपनि अन्य नेताहरुले पनि दाबी गरेका छन् ।