Logo
Logo

ओलीले धेरै षडयन्त्र गर्दैछन्, हामी जेल जानुपर्ने अवस्था पनि हुनसक्छः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता

3.5k
Shares

काठमाडौं, ९ पुस ।
नेकपाका अध्यक्ष प्रचण्डले देशमा २०१७ सालको जस्तै अवस्था आएको बताएका छन् । २०१७ सालमा जस्तै नेतालाई जेल पठाउने षडयन्त्र समेत भइरहेको उनले आशका गरेका छन् ।


आफु निकट केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै प्रचण्डले ओलीले प्रतिनिधिसभा बिघटनपछि अनेक षडयन्त्र गरिरहेको बताए ।
‘अहिले बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो । २०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदैछ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भूराजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण स्थानमा छ । कम्युनिस्ट आन्दोलनका उपलब्धि अपहरण गर्ने ग्राइन डिजाइनअन्तर्गत अहिलेको घटना भयो । ठूलो बेइमानी, जालझेल र षड्यन्त्र भएको छ । ५ मिनेट कुर्नुस्, पार्टी बचाउने विकल्प लिएर आउँदैछु भन्दा पनि ओलीले संसद विघटन गरे । त्यो कदम सामान्य छैन,’ प्रचण्डले भने,‘फेरि जेल जान तयार हुनुपर्ने अवस्थामा हामी यो बैठक बस्दैछौँ । कामरेडहरूलाई कति डर लागेको छ, मलाई थाहा छैन तर हामी सबै अवस्थाको लागि तयार रहनुपर्छ । संविधान र लोकतन्त्रलाई अपहरण हुनबाट जोगाउनैपर्छ । एकपटक फेरि ठूलो योगदान र बलिदानका लागि तयार रहनुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र के भइरहेको छ, सबैसामु स्पष्ट नै छ । जसले जे दाबी गरे पनि आधिकारिक नेकपा हामी नै हौँ । केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ ।’
उनले आजको हाम्रो बैठकमा रामबहादुर थापा ‘बादल’ र बामदेव गौतमलाई पनि बोलाएको बताए । ‘बामदेवजीले तयारी नपुगेको जनाउनुभयो । बादललाई ल्याउन सकेनौँ । उहाँको कुरा अझै अस्पष्ट नै छ । तर, पम्फा भूसाल र सुरेश सुवेदी ‘पथिक’ हामीतिर आउनुभएको छ । उहाँहरू कमरेड बादलको साथमा हुनुहुन्थ्यो । र, यसरी हामीलाई विश्वास गरेर अरु कमरेडहरू पनि आउनुहुने छ, यो संख्या बढ्दै जाने छ । किनकि, फेरि पनि हामी नै आधिकारिक नेकपा हौँ ।’

प्रतिक्रिया दिनुहोस्