काठमाडौं, ९ पुस ।
आधिकारीकताको विवाद चलिरहेका बेला दुई पक्षबीच सिद्धान्तको लडाई समेत देखिएको छ ।
आफुहरुले मदन भण्डारीलाई सम्मान गर्ने देखाउन समेत प्रतिस्पर्धा सुरु भएको छ ।
सोही अनुसार प्रचण्ड र माधव नेपाल मदन भण्डारीको सालिकमा माल्यार्पण गर्न मध्यनगर बल्खु पुगेका छन् ।
बल्खु पुगेर नेताहरुले भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । साथमा झलनाथ खनाल लगायतका नेताहरु समेत छन् ।