काठमाडौं, १० पुस ।
प्रतिनिधिसभा बिघटनपछि सबैको नजर सर्वाेच्च अदालतमा छ । बिघटनविरुद्ध परेका रिटमा शुक्रबारदेखि संवैधानिक इजलाशमा सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा हुने संवैधानिक इलजाश तोकिदा बरिष्ठतम न्यायाधीशलाई नराखेपछि धेरैले आशंका व्यक्त गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणापछि बरिष्ठमा दीपककुमार कार्की र मीरा खड्का हुन् । दुवै जनालाई इजलासमा राखिएको छैन ।
इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजहादुर केसीलाई राखिएको छ । संवैधानिक इलजाशमा १३ जना बरिष्ठ न्यायाधीशको रोष्टर छ । जसमा सामान्यतया बरिष्ठ न्यायाधीशलाई प्राथमिकता दिएर इजलाश तोक्ने चलन छ । यती ठूलो मुद्दामा बरिष्ठ न्यायाधीशलाई उपेक्षा गरी प्रधानन्यायाधीश राणाले आफु निकट न्यायाधीशलाई छानेका छन् ।