Logo
Logo

ओलीलाई ब्याकफायर हुँदैः मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


- दृष्टि न्युज/संवाददाता

1.3k
Shares

काठमाडौं, १० पुस ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाभित्र पछिल्लो समय बढेको विवादपछि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।


पौडेल केपी ओली निकट नेता हुन् । प्रचण्ड र माधव नेपाल पक्षले साथ छाडेपछि उनको पद गुम्ने निश्चित छ ।
अविश्वास प्रस्तावमा ४५ सांसदको हस्ताक्षर छ । त्यस्तै शालिकराज जमरकट्टेलसहित तीन मन्त्रीले राजिनााम दिइसकेका छन् ।

नेकपाभित्र बढेको विवादले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, गण्डकीका पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीका शंकर पोखरेल र कर्णालीका महेन्द्रबहादुर शाहीको पद पनि धरापमा पर्ने सम्भावना छ ।
ओलीले भने मुख्यमन्त्री हटाए आफुले थप कदम चाल्न सक्ने धम्की दिएका थिए । सत्तामा बस्न संविधानविपरीत प्रतिनिधिसभा बिघटन गर्ने निर्णयपछि ओलीलाई ब्याकफायर हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्