काठमाडौं, १० पुस ।
प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा सर्वाेच्च अदालतले पाँच आदेश दिएको छ ।
प्रधानन्यायधीश चोलेन्द्रशमशेर राण नेतृत्वको इजलाशले बिघटनसम्बन्धि निर्णय झिकाउने, अविश्वासको प्रस्तावको कागजाज झिकाउने, एमिकस क्युरी झिकाउने, प्रतिनिधिसभाका सदस्यहरुको संख्या झिकाउने आदेश दिएको हो । १९ गतेभित्र यी सबै कागजपत्र झिकाउने आदेश सर्वाेच्चले गरेको छ ।
साथै इजलाशले अर्काे पेशी पुस २२ गतेका लागि तोकेको छ ।