Logo
Logo

अख्तियारको प्रस्तावः कर्मचारीको तलब बढाऔं, प्रहरीलाई सदाचार तालिम दियौं


- दृष्टि न्युज/संवाददाता

3.9k
Shares

काठमाडौं, ११ पुस ।
सबै सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको तलब र सेवा÷सुविधा कम भएकाले पनि भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धानआयोगको निष्कर्ष छ ।

आयोगले हरेक वर्ष मूल्यबृद्धिअनुसार कर्मचारीको तलब स्वत बढाउने प्रावधान लागू गर्नुपर्नेमा जोड दिएको छ । गत बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई ३० औं वार्षिक प्रतिवेदन बुभाउँदै आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो । सुझावमा भनिएको छ,‘मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने गरी यथोचित तलबलगायतको आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यवृद्धिको अनुपातमा स्वतः तलब वृद्धि हुने व्यवस्था गर्ने ।’ अन्य देशको तुलनामा नेपालमा सरकारी कर्मचारीको तलब ज्यादै कम भएकाले त्यसमा बढाए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने आयोगको निष्कर्ष रहेको प्रवक्ता अधिकारीले बताए ।
आयोगले सुरक्षाकर्मीलाई सदाचारसम्बन्धि तालिम दिनुपर्नेमा जोड दिएको छ । आधारभुत तालिममै यससम्बन्धि विषय समाबेश गर्न भनिएको छ। साथै सरुवा बढुवामा हस्तक्षेप हुने गरेकाले त्यसलाई कम नीतिगत व्यवस्था गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्