काठमाडौं, ११ पुस ।
नेकपाका नेता भीम रावलले निरंकुश शासकले जस्तै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बिस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै उनले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्मादन आफैं पर्दाफास गरेको उल्लेख गरेका छन्।
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई संविधान र लोकतन्त्रको खिल्ली उडाएको उनको टिप्पणी छ।
प्रदेशसभा चुनाव हारेका व्यक्तिलाई समेत ओलीले मन्त्री बनाएका छन् । पूर्व माओवादी पक्षकालाई उनले प्राथमिकतामा राखेका छन् ।