Logo
Logo

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, १२ पुस ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

त्यसअघि तीन मन्त्रीले राजीनामा दिएका थिए । मन्त्रीहरु जीवन घिमिरे, जसमाया गजमेर र विजय विश्वासले राजीनामा दिएका छन् भने इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्री राईले हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्