Logo
Logo

नेपालमा चीनको चासो बढ्दै, आज चिनियाँ टोली आउँदै


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, १२ पुस ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चीनले आफ्नो चासो बढाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार काठमाडौं आउँदै छ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिन नेपालमा रहनेछ । नेपालको नयाँ परिस्थितीबारे बुझ्न सो टोली आउन लागेको बताइएको छ ।


उपमन्त्री गुओ टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।

आइतबार आउन लागेका नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।
नेपालको घटनाक्रममा चीनले चासो बढाएको छ । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका दुवै पक्षका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । नेपालको पछिल्लो घटनाले चीनलाई असर पर्ने र भारतलाई फाइदा हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्