काठमाडौं, १२ पुस ।
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भिम आचार्यको प्रस्ताव गरिएको छ । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले हालका मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई प्रस्ताव गरेको हो ।
राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकिएको छ । प्रचण्ड र माधव नेपाल पक्षका चार मन्त्री हटिसकेका छन् ।
अश्विासको प्रस्ताव दर्ता भएपनि नयाँ सरकार बनाउन प्रचण्ड नेपाल पक्षलाई कांग्रेसको साथ चाहिन्छ ।