Logo
Logo

सरकारको लाचारीपछि प्रहरीले भने–बरु भत्ता नै चाहिदैन


- दृष्टि न्युज/संवाददाता

18.8k
Shares

काठमाडौं, १४ पुस ।
कोरोना महामारीका खटिएको १० महिना हुनलाग्दा समेत सरकारले जोखिम भत्ता नदिएपछि प्रहरी अधिकारीहरुले भत्ता नै नलिई पनि आफुहरु काम गर्न तयार रहेको बताएका छन् । पटक पटक ताकेता गर्दा पनि पैसा नपठाएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी नेतृत्वले गृह मन्त्रालयलाई यस्तो सन्देष दिएका हुन् ।


गत चैतमै सरकारले भत्ता दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म एक रुपैयाँ पनि निकासा गरेको छैन । पछिल्लो समय अधिकतम १० प्रतिशतलाई दिने निर्णय भएको थियो । त्यो पनि कार्यान्वायन नभएपछि सरकारको व्यवहारसँग सेना तथा प्रहरी रुष्ट बनेका हुन् ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार भत्ताको बजेट निकासका लागि तीन पटक पत्राचार भइसकेको छ तर जवाफ आएको छैन ।
१० प्रतिशतलाई मात्र दिंदा संगठनभित्रै असन्तुष्टि हुन सक्ने भएकाले बरु भत्ता नै नलिने कि भन्नेबारे समेत प्रहरीले कुरा राखेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्