Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध बाजुरामा प्रचण्ड-माधव समूहको प्रर्दशन


- दृष्टि न्युज/संवाददाता

63
Shares

बाजुरा, १५ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा मार्तडीमा विरोध प्रर्दशन गरेको छ । केन्द्रीय सर्कुलरअनुसार प्रचण्ड–माधव समूह बाजुराको आयोजनामा विरोध प्रर्दशन गरिएको हो ।
नौ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागि विरोध प्रर्दशन नारा जुलुसहित बजार परिक्रमा गरी औपचारिक कार्यक्रममा परिणत भएको थियो । ओलीले असंवैधानिक कदम चालेको र त्यसको विरुद्धमा प्रचण्ड माधव समूहले ओलीको ‘कु’को प्रतिवाद गर्न विरोध गरेको बताएको छ ।
विरोध र्याली मार्तडी बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा कार्यक्रममा परिणत भएको थियो । विरोध प्रर्दशनका क्रममा केपी ओली मुर्दावाद, ओलीले चालेका असंवैधानिक कदम खारेज गर, प्रतिनिधि सभा पुनस्थापन गर जस्ता नारा लगाएका थिए ।
विरोध प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य प्रकाश शाह, प्रदेश कमिटी सदस्य कर्णबहादुर विक, जिल्ला कार्यालय सदस्य गगन रावल, प्रदेश कमिटी सदस्य देवीचन्द्र बुढा, कमल कुमारी शाह, विनिता विक, नेताहरु पुर बहादुर रावत, महेश शाही, हिक्मत थापा, गोरख सार्कीलगायत सहभागी थिए ।
र्याली पछि सभामा नेताहरुले सम्बोधनका क्रममा लोकतन्त्रमाथि नै ओलीले ‘कु’ गर्न खोजेको र व्यवस्था नै नरहने गरी सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्