Logo
Logo

प्रचण्डलाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र ट्यांकीका ट्यांकी पानी सकियोः ओली


- दृष्टि न्युज/संवाददाता

756
Shares

काठमाडौं, १५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको चर्काे आलोचना गरेका छन् । काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए।
‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’


‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’ आफूले पार्टी एकता गर्दा माधव नेपाल र प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै एकता गरेको उनले बताए।

सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको उनको भनाइ छ। आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको ओलीको जिकीर छ।
ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे। ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनु भयो,’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेसँग मिल्नु भयो तर खासै उपलब्धी भएन ।’
उनले अपराधमा मुछिएकाकालिबहादुर खामहरु कहाँ छन् भनेर समेत प्रचण्डसँग प्रश्न गरे । साथै माधव कुमार नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको भन्दै उनको खिसी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्