Logo
Logo

एसपी विष्टले न्याय पाए, निर्मलाले कहिले पाउने ?


- दृष्टि न्युज/संवाददाता

1.4k
Shares

काठमाडौं, १५ पुस ।
कञ्चनपुरकी बालिका निर्मला हत्या घटनामा सरकारी सेवाबाट हटाइएका एसपी दिल्लीराज बिष्टको सेवामा पुर्नवहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको पुर्नवहाली गरेको हो ।


विष्टले यसअघिको निर्णय पुनरावेदनका लागि मन्त्रिपरिषद्मा निवेदन दिएका थिए । सोही आधारमा उनलाई पुर्नवहाली गरिएको एक मन्त्रीले बताए ।
नक्कली अभियुक्त खडा गर्न लागेकोमा उनी र इन्सपेक्टर जगदिश विष्टलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो । तर, पछि गरिएका छानबिनमा नक्कली अभियुक्त खडा गरेको कुरा पुष्टि हुन सकेन । सामान्य लापरबाही मात्र देखिएको थियो । एसपी विष्ट लगायत प्रहरीले न्याय पाएपनि निर्मलाका परिवारले भने अझै न्याय पाउन सकेका छैनन् । अहिलेसम्म प्रहरीले अभियुक्त पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्