Logo
Logo

पोर्चुगलमा कोरोनाबाट नेपाली युवकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, १६ पुस । कोरोना भाइरस (कोभिड–१९)को संक्रणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको संक्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।
कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको संख्या दुई भएको छ ।
राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्