काठमाडौं, १६ पुस ।
सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले घुस लिएको पुष्टि भएको छ । पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि उनले ५० हजार घुस लिएका थिए । घुससहित उनलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दार गरेको हो ।