Logo
Logo

‘राष्ट्रिय पोशाक दिवश’ मनाइयो


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षको दिन शुक्रबार ‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको छ । काठमाडौंघरमा सद्भाव ¥याली निकाली यो दिवस मनाइएको हो ।
नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुट्नुपरेको आयोजकको भनाइ छ । नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएकाले राष्ट्रिय पोशाक दिवस वि.सं २०७० साल यता मनाउन सुरु गरिएको हो । राष्ट्रिय पोशाक दिवशको अवसरमा शुक्रबार सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा शुभकामनाका सन्देशहरु व्यक्त भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्