चितवन, १८ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन चितवन गार्डेन रिसोर्टले भरतपुरको पर्यटन बिकासमा थप आयाम थपिएको बताउनु भएको छ । होटलको उद्घाटन गर्दै प्रमुख दाहालले यसको पूर्ण सफलताको शुभकामना ब्यक्त गरिन् । भरतपुरको केन्द्रमा सञ्चालनमा एको यस सुविधासम्पन्न होटल गुणस्तरीय सेवा प्रदान गर्न अब्बल साबित हुने प्रमुख दाहालको भनाइ छ ।
देशकै मध्य भागमा अवस्थित भरतपुर महानगरपालिकाभित्र पछिल्ला दिनहरूमा सुबिधा सम्पन्न होटल तथा रिसोर्ट निर्माण तथा संचालन तिब्र गतिमा भैरहेको बताउदै यसले भरतपुरको बिकास र पहिचान हुने विश्वास ब्यक्त गरिन् ।
भरतपुर महानगरपालिकाले समग्र पर्यटन क्षेत्रको बिकासका लागी महत्वपूर्ण कामहरू गरिरहेको बताउँदै पर्यटन बिकासको प्रमुख आधार ब्यवस्थित र सुरक्षित सडक सञ्जाल आवस्यक हुने भन्दै सोही बमोजिमको सडक सञ्जालले महानगरलाई घेरेको दाहालको भनाइ छ । नारायणी नदी किनारलाई सी बिच मोडलको रूपमा बिकास गर्न ६ करोडको हाराहारिमा निर्माण कार्य सुरू भएको भन्दै यसले देशमै नया‘ पन दिने पनि उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुन्ज , विशाल नारायणी र राप्ती नदी र धार्मिक पर्यटनको केन्द्र देवघाट हाम्रो लागी बरदान भएको भन्दै यसबाट भोलिका दिनमा ठूलो लाभ लिनुपर्ने समेत उनको भनाइ छ । भरतपुरले छोटो समयमै बिकासको गति लिएको भन्दै भरतपुर महानगरपालिका अबको १ बर्षभित्र देशकै नमूना सहर हुने भन्दै ६ लेन सडक, सिटीहल, पाँचतारे होटलसहितको बहुउद्देशीय ब्यावसायिक भवनजस्ता ठूला आयोजनाहरू संचालनमा आएकाले महानगरपालिकाको विकासमा सबैको सहयोग र चासो हुनुपर्ने उनको तर्क छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका बागमती प्रदेस सदस्य बद्री तिमिल्सेनाले सुबिधा सम्पन्न होटल सञ्चालनसँगै समग्र चितवनको बिकासमा एउटा इट्टा थपियको बताउँदै होटलको सफलताको शुभकामना ब्यक्त गरे । उद्धाटन कार्यक्रममा उद्योग बाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन गार्डेन रिसोर्ट चितवनको पर्यटन बिकासमा महत्वपूर्ण हुने बताउँदै सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउन संचालकहरूलाइ आग्रह गरे । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले समग्र विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सेवा क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउदै गुणस्तरीय सेवा प्रबाग गर्दै सेवाग्राहीको मन जित्न आग्रह गरे ।
चितवन गार्डेन रिसोर्टका संचालक केसब देबकोटाले पर्यटन क्षेत्रको केन्द्र बन्दै गयको चितवनमा थपियको चितवन गार्डेन रिसोर्ट एउटा आयम भयको भन्दै होटल सफलताको कामना ब्यक्त गरे । ३० करोड लागतमा ९ कट्ठा क्षेत्रफलमा आधुनिक सैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमियम गरी २८ वडा सुबिधा सम्बन्न कोठा, १ हजार सिट क्षमताको रोयल बैकेट हल, ५००, २५० सिट क्षेमताको बैकेट तथा मिटिडगहल, सुइमिड पुल र रेस्टुरेन्ट रहेको होटलका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रम होटलका अध्यक्ष असोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।