Logo
Logo

राष्ट्रपतिमाथि अशोभनीय नाराबाजी गर्नेविरुद्ध कारबाही गर्न अनेमसंघ माग


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आइतबार गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा ओली पक्षको अनेमसंघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको छ ।
लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय र अराजक अभिव्यक्ति आएको अनेमसंघले जनाएको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्