Logo
Logo

माधव नेपाल नेतृत्वको बैठकद्वारा शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई कारबाही


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं २० पुस ।
माधव नेपालको अध्यक्षमा बसेको नेकपाको बैठकले दुई प्रदेश इन्चार्जलाई कारबाही गरेको छ । लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा इन्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनीहरुलाई कारबाहीको निर्णय गरेको हो ।
बैठकले आन्दोलन परिचालन समितिको सहसंयोजकमा स्थायी समिति सदस्यहरु योगेश भट्टराई, पम्फा भूषाल र गणेश साहलाई चयन गरेको छ । भट्टराईलाई केन्द्रीय संघर्ष समितिको प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ ।

अध्यक्ष प्रचण्ड श्रीमती सीताको उपचारका लागि भारत गएकाले अर्का अध्यक्ष नेपालको अध्यक्षतामा बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्